हेटौडाका सहक्षेत्रीय प्रशासक धनकुटा सरुवा

Posted on: 26 Apr, 2018

बैशाख १३ मकवानपुर | गृह मन्त्रालयले सहसचिव र उपसचिव स्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयको सरुवा सूची अनुसार काभ्रेका प्रजिअ सिव सिंखडा क्षेत्रीय प्रसाशन कार्यालय हेटौँडामा सरुवा हुनुभएको छ। 

भने क्षेत्रीय प्रसासन कार्यालय हेटौडाका सहक्षेत्रीय प्रसाशक मनोहर खनाल  प्रजिअको रुपमा धनकुटा  सरुवा हुनुभएको छ। त्यस्तै चितवनका सीडीओ नारायणप्रसाद भट्ट भक्तपुर सरुवा भएका छन् । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सीडीओ बनेर पर्सा पुगेका छन् ।

झापाका सीडीओ ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ, पर्साका सीडीओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत सरुवा गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!