राप्रयु संगठन प्रदेश-३ को भेला जेठ २५ र २६ गते, थापाले संवोधन गर्ने

Posted on: 06 Jun, 2018

जेठ २३, मकवानपुर |  हेटौँडामा हुने भएको छ ।आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नंबर ३ का संयोजक दामोदर वाग्लेले आगामी २५ र २६ गते हेटौँडामा भेला तथा प्रशिक्षण हुने जानकारी दिए ।

भेलामा प्रदेश नंबर ३ को १३ जिल्लाका ५ जनाको दरले ६५ जना प्रतिनिधि र केन्द्रीय प्रतिनिनिधि सहित करिब ८५ जनाको सहभागिता रहने उनको भनाई रहेको थियो । कार्यक्रमलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले संवोधन गर्ने कार्यक्रम रहेको वाग्लेको भनाई रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय सदस्य एवम् मकवानपुर अध्यक्ष मधु अधिकारीले राप्रपाले निर्वाचनमा पाएको पराजय पछि आफुहरु संगठन निर्माण, भेला तथा प्रशिक्षणमा लागि परेको बताए ।पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सह महामन्त्री राजाराम बर्तौला, हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटा लगाएतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!