हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्दै

Posted on: 24 Jun, 2018

असार १०, मकवापनपुर | हेटौंडा उपमहानगरपालिकाको आज तेस्रो नगरसभा बैठक बस्ने भएको छ ।

आज नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । आज १ बजे नगरसभा बैठक बस्न लागेको हो । उपमहानगरपालिकाको निति तथा कार्यक्रम उपमेयर मिना लामाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । निति तथा कार्यक्रमका लागि कार्यपालिका बैठकले शनिबारनै पास गरिसकेको छ । 

शनिबार पास गरेको निति कार्यक्रम आजको बैस्थकमा प्रस्तुत गर्ने र बजेटका बारेमा असारको अन्तिम साता सम्म छलफल गरेर ल्याईने कार्यक्रम रहेको मेयर महतले बताउनुभयो । मकवानपुरका अरु स्थानिय तहहरुले पनि आजनै निति तथा कार्यक्रम ल्याउने तयारी थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!