विप्लव समूहका मकवानपुर इञ्चार्ज ज्वालासहित २ जना पक्राउ

Posted on: 12 Apr, 2019

चैत २९, मकवानपुर | नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति जिल्ला इन्चार्च ज्वालासहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!