राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन निर्माणमा अन्यौलता

Posted on: 05 Jul, 2019

असार २०, (३ नं प्रदेश) हेटौंडा । प्रदेश ३ को प्रदेश सभा भवन निर्माणका लागि साढे ४ करोड बजेट विनियोजन भएको छ।  प्रदेश सभा सचिवालयको भवन निर्माण आउँदो आर्थिक बर्ष २०७६–०७७ मा गरिने भएको छ । विभिन्न समस्याका बिचमा निकै साघुरो स्थानमा प्रदेश सभा सञ्चालन हुँदै आएको छ । यो समस्याको समाधान गर्नका लागि आउँदो आर्थिक बर्षका लागि प्रदेश सभा भवन निर्माण गर्न बजेट छुट्याएको छ। 

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलका अनुसार प्रदेश सभा भवन निर्माण गर्नका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। बजेट सार्वजनिक गर्ने क्रममा सो बजेट घोषण भएको थियो । तर, प्रदेश सभाको भवन कहाँ निर्माण हुने भन्ने अझै पनि समस्या छ । प्रदेश ३ को राजधानीको टुङ्गो नलाग्दा प्रदेश सभा भवन कहाँ निर्माण गर्ने भन्ने टुङ्गो नलागेको हो ।

प्रदेश राजधानिको विषय छिटो टुङ्गो लनाउन सांसदहरुले माग गरिरहेका छन् । तर प्रदेश सभा गठन भएको दुईवर्ष पुग्नै लाग्दा समेत राजधानीको टुङ्गो नलाग्दा सांसदहरु निकै आक्रोसीत भएका छन् । प्रदेश सभा भबन मात्र हैन राजधानी टुङ्गा नलाग्दा प्रदेश सभा संगै अरु मन्त्रालयको भवन निर्माण र प्रदेश स्तरका कार्यालयहरु कहाँ निर्माण गर्ने भन्ने समस्या बडेको छ । अस्थाई रुपमा प्रदेशभाको भवन अहिले सानो तरिकाले थोरे खर्चमा निर्माण गर्न लागिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । साउन लागेपछी यसको निर्माणको काम सुरु गरिने उहाँको भनाइ छ ।

प्रदेश सभामा लाईब्रेरी र ईलाइबे्ररी निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै भिआइपी तथा साधरण पार्किङ निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै प्रदेश सभाका समितिहरुको कार्यालय सञ्चालनका लागि एक करोड २० लाख रुपैयाँ बजेट छुट्याइएको पनि मन्त्री ढुंगेलले बजेट मार्फतनै सार्वजनिक गर्नुभएको छ ।प्रदेश सभाको व्यारेक निर्माणका लागि ८० लाख रुपैयाँ, सुरक्षा सेल्ट्री पोष्ट निर्माणका लागि ३० लाख रुपैयाँ, सभामुख सानु कुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङको सचिवालय निर्माणका लागि ५८ लाख ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!