उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट

Posted on: 20 May, 2018

जेष्ठ ६, मकवानपुर | उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरमा सवै खेलका छनौट सकिएका छन ।

 समितिका अनुसार आज भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई,जनक मावि भीरकोटवाट २ र वुद्ध मावि, महेन्द्रमावि र नवोदय वोर्डिङवाट एक एक जना खेलाडी छनौट भएका छन । आधुनिकका अनिष महर्जनले १००,२०० र लङजम्प र पल्लवी मिश्र १०० मि दौडमा प्रथम हुदै छनौट भएका जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ । 

यस्तै जनक मावि छतिवन भिरकोटका पविना नेपाली २०० मि दौड र त्रिपलजम्प तथा रिकेश राई त्रिपलमा प्रथम भएर प्रदेशमा खेल्ने मौका पाएका छन । यसै गरि वुद्ध मावि हात्तिसुढेका वीरमान मोक्तान सटपुट,महेन्द्र माविकी मनिष फुयाल लङजम्प र नवोदय वोर्डिङकी अन्जली परियार सटपुटमा छनौट भएका छन । यस अघि नै कराते, तेक्वान्दो र उसुका १८ जना खेलाडी छनौट भई सकेका र काठमाण्डौमा यही जेठ ८ र ९ गते हुने प्रदेश गेम्समा सहभागि हुने समितिका अध्यक्ष मधव तिमल्सिनाले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!