मकवानपुरमा चट्याङ लागेर नाबालकसहित २ को मृत्यु, ४ घाइते

Posted on: 06 Jun, 2018

जेठ २३, हेटौँडा | पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । 

बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । 

सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!