भुमिसुधार मन्त्री बिक्रम पाण्डेद्वारा मालपोत कार्यालय मकवानपुरको निरीक्षण

Posted on: 01 Dec, 2016

जिबराज बख्रेल | मङ्सिर १६, हेटौडा | भुमिसुधार मन्त्री बिक्रम पाण्डेले मालपोत कार्यालय मकवानपुरको निरीक्षण गर्नु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलाको लागि हेटौँडा आउनु भएका पाण्डेले आकस्मिक रुपमा मालपोत कार्यालय अनुगमग गर्नु भएको हो । अनुगमन पस्चात पाण्डेले कार्यालयमा लापरबाही गरेको प्रति आक्रोश व्यक्त गर्नु भएको थियो । कार्यालयको सौचालय फोहोर , पार्किङ अब्यवस्थित रहनेकाले तत्काल सुधार गर्दै ब्यवस्तिथ वानाउन निर्देशन दिनु भएको थियो । 

कार्यालयमा रहेका कागजात अब्यवस्थित भएको र वाहिरी विचौलीया हरुले समेत कार्यालयमा पसेर जथाभावि गर्ने गरेको गुनासोका जिच पुग्नु भएका मन्त्रिले कागजात पनि १५ दिन भित्र सुधार र ब्यवस्थापन गर्न निर्देशन दिनु भएको थियो । निरीक्षणमा सांसद गणेश थापा,केन्द्रिय सदस्य दिपक सिंह लगाएतको उपस्थित रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!