मकवापुरमा पुननिर्माणको संख्या न्यून

Posted on: 05 Mar, 2018

जिवराज बख्रेल | फागुन २१, मकवानपुर | भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा समेत मकवापनुरमा पुननिर्माणको संख्या न्यून देखिएको छ  । २०७२ बैसाख १२ को भुकम्पमा पनि मकवापनुरमा ३१ हजार ८ सय १७ घर क्षति भएकोमा  हालसम्म जम्मा ३ हजार २ सय १४ घर मात्र निर्माण सम्पन्न भएको छ । 

सहरी  विकास मन्त्रालय जिल्ला अयोजना कार्यान्वयन इकाई मकवानपुरका अनुसार ७ हजार ६ सय ७ भुकम्प पिडितले सम्भौतानै गरेका छैनन् ।  २४ हजार २ सय १० लाभग्राहीको  अनुदान सम्झौता भएको छ। अहिले सम्म पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही मध्य चालिस प्रतिशतले पनि दौश्रो किस्ता लिएका छैनन् । २२ हजार ९ सय ४७ लाभग्राहीले पहिलो किस्ता लिएकोमा दोश्रो किस्ता बुझ्नेको संङख्या ९ हजार ३ सय २५ मात्र छ। २ हजार ६ सय ९४ जनाको तेश्रो किस्ताको लागि सिफारिस गरिएको जिल्ला आयोजना इकाईका इन्जिनियर रविन पाठकले जानकारी दिनुभयो  । 

मकवानपुरमा पहिचान भएका कुल लाभग्राही ३० हजार २ सय ३८ रहेकोमा गुनासो फर्छाैट पछि १ हजार ५ सय ७९ लाभग्राही थपिएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!