मकवापनुरको एकसय ६० हेक्टर वनमा डढेलो

Posted on: 01 Apr, 2018

चैत १८, मकवापनुर | हिउँदयाम सुरु भएसँगै यसबर्ष मकवानपुरको करिब एक सय ६० हेक्टर वन क्षेत्र यसवर्ष डढेलो लागेको बताइएको छ । 

चैत १५ गते सम्ममा जिल्लामा विभिन्न स्थानमा गरी करिब एकसय ६० हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान जिल्ला वन कार्यलय मकवानपुरले गरेको छ । सुक्खायाम सुरु भएसँगै जिल्लाको पुर्वि र उत्तरी क्षेत्रको वन डढेलोबाट बढी क्षति भएको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । 


जिल्ला वन कार्यालय मकवानपरले वन डढेलो नियन्त्रणका लागि उपकोक्ता जागरुक हुनपर्ने विभिन्न किसिमको तालिम सञ्चालन गरेको र वनमा अग्नी रेखा निर्माणमा जोड दिएको जिल्ला वन कार्यालय मकवापनुरका सहायक जिल्ला वन अधिकृत विशाल भट्टराईले जानकारी दिनुभयो । - आजको साझाकुरा दैनिकले खबर छापेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!