प्रदेश ३ मा नीति तथा कार्यक्रम प्रस्तुत

Posted on: 01 Jun, 2018

जिवराज बख्रेल/जेठ १८, मकवानपुर | ३ नंबर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। 

असार १ गते बजेटको तयारी गरेको प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अुनराधा कोइरालाको अनुमतीमा सरकारको तर्फबाट मुख्यमन्त्री डोरमणी पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  सरकारले प्रस्तुत गरेको निती कार्यक्रममा पर्यटन, शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ।  त्यस्तै  प्रदेश गौरवको योजनाहरुमा भीमफेदी–काठमाण्डौँ सुरुङमार्गले पनि प्राथमिकता पाएको छ। निति तथा कार्यक्रममा भूकम्प पछिको पुनःनिर्माण, विकास र गरिबी अन्त्यलाई प्राथमिकता दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!