उपभोक्ता समिती खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण

Posted on: 09 Jun, 2018

जेठ २६, मकवानपुर | चुरियामाई चुरियामाई संयुक्त खानेपानी उपभोक्ता समितीआजबाट खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका विच समिती मातहत संचालिन खानेपानी आयोजनाबोर्डमार्फत संचालन गर्ने सम्झौता सहित  हस्तान्तरण गरिएको हो ।

हेटौडा उपमहानगरपालीका वडा नं १४,१५मा २०६३ स्थापना भएको समितिले खानेपानी आयोजना संचालन गरि करिव ७ सय परिवारका खानेपानी उपलब्ध गराउदै आएको थियो । ४ करोड लगानिमा निर्माण भएको आयोजना जिर्ण बन्दै गएको र  मर्मत संभार समितीमार्फत गर्नुपनि समास्या देखिएपछि बोर्डलाई वुझाइएको हो । खानेपानि ब्यवस्थापन बोर्डमा अध्यक्ष प्रताप विष्टलाई समिति अध्यक्ष रामहरी पुलामीले समितीको स्वामित्वमा रहेको सवै सम्पती सहीत हस्तान्तरण गर्नुभएको छ  । हस्तान्तरण कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष विष्टले नाफा कमाउन भन्दा पनि खानेपानीको समस्या हटाउने बोर्डले जिम्मा लिएको बताउनुभयो । त्यस्तै उहाँले उपभोक्ताले महिनाको न्युनतम २५० बुझाउनु पर्ने बाध्यता रहेको भएपनि अव न्युनतम ८५ रुपैयामा पानि उपलब्ध गराउने बतउनुभयो । विभिन्न स्थानमा पानिको सहज आपुर्तीले कुखुरा पालन तथा तरकारी खेतीको लागि सहयोग पुगेका स्मरण गर्दै यस  क्षेत्रको लागि पनि अव ब्यवसाय बढाउन सहयोग पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।

हेटौडा उपमहानगरपालिका मेयर हरिवहादुर महतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा खानेपानी वोर्डका सदस्य इन्द्र नेपाल, हेटौडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य रत्नलाल विक लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा उपभोक्ता समितीका पदाधिकारीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!