हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट पास

Posted on: 13 Jul, 2018

असार २९, हेटौडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका आजको नगरसभाले बजेट पास गरेको छ । आज बिहान उपमहानगरपालिकाको हलमा बसेको नगरसभा बैठकले बजेट पास गरेको छ । बजेट पास गरेसंगै अब साउन १ गतेदेखि राजस्व संकलन गर्न र बजेट खर्च गर्नका लागि बाटो खुलेको छ । 

आउँदो आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ४ लाख ५७ हजार बजेट आज पास गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । नगरसभामा असार १० गते पेस गरेको बजेटनै आज पास गरिएको हो । कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ १६ करोड ५९ लाख ६४ हजार पास गरिएको छ । अर्थात कूल बजेटको दश दशमलब १८ प्रतिशत प्रसासनिक खर्च तर्फ विनियोजन पास गरिएको छ । उपमहानगरपालिकाले पूँजिगत तर्फ बिनियोजन पास गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्बाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको मेयर महतले बताउनुभयो । 

नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा बिभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र २० करोड ५० लाख बिनियोजन पास गरिएको छ । क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ (कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र) कूल २ करोड ६४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्र अर्न्तर्गत (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रबर्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण) कूल ६९ करोड १७ लाख बिनियोजन गरिएको उपमहानगरपालिकाका उपमेयर मिना लामाले बताउनुभयो । पूर्बाधार बिकास क्षेत्र तर्फ (स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पुर्बाधार तथा वडागत आयोजनाहरु समेत) कूल ३७ करोड ८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ ७ करोड ३१ लाख बिनियोजन गरिएको छ । यसै गरी संस्थागत बिकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ कूल २ करोड १६ लाख बिनियोजन गरिएको उहाँले बताउनुभयो ।

सवै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ हेटौंडा वडा नंम्बर १२ को भवन निर्माणको प्रक्रिया सुरु भैसकेको छ । बाँकी वडाहरुको भवन निर्माण तथा मर्मतका लागि आगामी आबका लागि बर्ष ५० लाख रुपैयाँ  छुट्याइएको छ । भारि मेसिन र औजार, निर्माण सम्बन्धि मेसिन, ट्रीपर, ट्रयाक्टर, जिप, मोटरसाइकल, कार्यालय साधन तर्फ २ करोड ७५ लाख बजेट अनुमान गरिएको छ । आगामी २ बर्ष्भित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरबका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिएको छ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि १ करोड विनियोजन प्रस्ताव गरिएको छ । गत आ.व.मा संचालित क्रमागत आयोजना तथा कार्यक्रमहरुको दायित्व भुक्तानीका लागि ८ करोड, नेपाल सरकारका अन्य निकायहरुबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक कोष तर्फ १ करोड, सडकवोर्ड नेपालबाट शहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोष तर्फ १ करोड ५० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि १ करोड, नगरस्तरीय बिपद व्यवस्थापन कोष तर्फ १ करोड बिनियोजन पास गरिएको उहाँले नगरसभामा जानकारी गराउनुभयो ।   

आगामी आबमा वडास्तरीय आयोजना तथा कार्यक्रमहरु, बिषयगत कार्यालय तथा शाखाहरु मार्फत संचालन गरिने कार्यक्रमहरुका अतिरिक्त नगरस्तरीय ठूला बिकास पूर्बाधार कार्यक्रम अर्न्तर्गत कर्भडहल निर्माण कार्य पूरा गरिन बताइएको छ । यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने पास गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि बजेट विनियोजन पास गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!