नेपालमै पहिलोपटक हेटौंडामा टैंकर क्यालीब्रेशन संञ्चालनमा

Posted on: 05 Jul, 2019

असार २०, हेटौडा | पेट्रोलियम पदार्थमा बषौं अगाडी देखि हुँदै आएको अनियमितता अन्त्य गर्नका लागि टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर आजैबाट सञ्चालनमा ल्याइएको छ । 

नेपालमानै पहिलोपटक हेटौंडामा नापतौल बिभागले पेट्रोलयम पदार्थमा गुणस्तरियता कायम गर्न टैंकर क्यालीब्रेशन टावरको निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । कुल एक करोड ५० लाख रुपैयाँ लागतमा तीन वर्ष लगाएर निर्माण गरिएको टैंकर क्यालीब्रेशन टावर सञ्चालन गरिएको नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुणासैनीले वताउनुभयो ।

एक दिनमा यहाँबाट १५ वटा तेल ट्याङकरको गुणस्तरियता परिक्षण गरिने छ । एक वर्षमा एक पटक एउटा ट्याङकरले परिक्षण गराएपछी मात्र सञ्चालन गर्न पाइने उहाँले वताउनुभयो । भारतबाट आएको तेल ट्याङकरलाई परिक्षण गर्नका लागि सहज भएको छ । ट्याङकरमा क्यालीब्रेशन गराएपछी मात्र नापतौल बिभागले गुणस्तरियताको प्रमाणपत्र दिने छ । अनी मात्र ट्याङकर तेल ओसार्नका लागि योग्य हुने छन् ।

यसको सञ्चालन भएसंगै तेलमा हुँदै आएको अनियमितताको अन्त्य हुने बिस्वास गरिएको छ । टैंकर क्यालीब्रेशन टावरको आज उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादबले उद्घाटन् गर्नु भएको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरले कम वा बडी बोक्न मिल्ने वा नमिल्ने अवस्थाका बारेमा यसबाट सजिलै जाँच गराउन सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!