स्थानिय, प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र

Posted on: 01 Dec, 2016

जिबराज बख्रेल | मंसिर १६, मकवानपुर  | राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनितिक दल प्रति बितृष्णा जागिरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनताले खोजेजस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपा नै भएको दाबी गर्नु भयो । 

यसै क्रममा थापाले संविधान कार्यन्वयनको निमित्त स्थानिय,प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र सम्म नभए संविधान कार्यन्वयमा अवरोध खडा हुने बताउनु भयो । उहाँले आगामी चैत भित्र स्थनयि निकायको चुनाव घोषणा गर्नको लागि राप्रपाले पटक पटक सरकार समक्ष आग्रह गरिरहेको र यस कार्यमा राष्ट्रिय प्रजातन्त्र पाटिले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । 

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव आफुहरुको पार्टीलाई मान्य नहुने बताउनु भयो । सरकारले संविधान संसोधनको औचित्य पुष्टि नगरि पहाड र तराई टुक्राउन खोजेको भन्दै उहाँले संसोधन प्रस्तावले मुलकलाई हित नगर्ने बताउनु भयो । कार्यक्रममा राप्रपा नेता तथा भुमिसुधार व्यवस्था मन्त्री बिक्रम पाण्डे, नेता बुद्धिमान तामाङ लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेताहरु दिपक सिंह, गणेश थापा, मधु अधिकारी, राजाराम बर्तौला, सिताराम बर्तौला लगाएतको आतिथ्यता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!