नामटारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरेको छु: राज्यमन्त्री बानियाँ

Posted on: 25 Jan, 2017

माघ १२, मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नामटार गाविसको विकासको लागि आफूले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न पहल थालिसकेको बताउनुभएको छ । 

नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा गरेको स्वागत एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले नामटारलगायत मकवानपुरको उत्तरी क्षेत्र पर्यटकिय हिसावले धेरै संभावना बोकेको क्षेत्र भएकाले यसक्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन संभाव्यता अध्ययन गर्न चाँडै टोली खटाउने बताउनुभयो । 

नेपाली काँग्रेस जनताको दुःखमा जहिल्यै साथ दिने पार्टी भएकाले तपाईहरुको भरोसालाई कहिल्यै टुट्न नदिने बचनबद्दता व्यक्त गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!