मकवानपुरमा कांग्रेस-माओवादीको चुनावी तालमेल

Posted on: 02 May, 2017

बैशाख १९, मकवानपुर । मकवानपुरको हटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने भएका छन् ।

उम्मेद्वारी दर्ता गराएपछि दुई दलबीच भएको बैठकले दुई स्थानीय तहमा तालमेल गर्ने सहमति गरेका हुन् । हेटौंडा नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेदवारी दिएका आनन्दराम पराजुलीलाई माओवादी केन्द्रले समर्थन गर्नेछ भने माओवादीका उपमेयरका उम्मेदवार बलराम बललाई कांग्रेसले समर्थन गर्ने बताइएको छ । 

त्यसैगरी थाहा नगरपालिकामा पनि माओवादीका लबशेर बिष्ट दुबै पार्टीका साझा उम्मेद्वार हुनेछन् भने कांग्रेसका खड्ग गोपाली उपमेयरका साझा उम्मेद्वार बन्नेछन् ।

यसअघि कांग्रेस र माओवादीले छुट्टा-छुटै उम्मेदवारी दर्ता गराएका थिए ।  थाहा नगरपालिकाका १२ वडामध्ये ७ वटा वडा माओवादीले र ५ वटा कांग्रेसले बाँडफाँट गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!