तीन दिनदेखि बेपत्ता माओबादी उम्मेद्धार अझै सम्पर्कमा आएनन्

Posted on: 14 May, 2017

जिवनराज बख्रेल/बैशाख ३१, मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नियन्त्रणमा लिएका नेकपा माओवादी केन्द्रबाट मनहरी गाउँपालिका वडा नं १ का अध्यक्ष उम्मेद्वार रामकुमार उप्रेती अझै बेखबर छन् । 

तीन दिन देखी बेपत्ता उप्रेतीलाई अपहरण गरिएको भन्दै माओवादी केन्द्र मकवानपुरले तत्काल रिहाईको माग पनि गरेको थियो ।

माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले अहिले सम्मपनि उप्रेती सम्पर्कमा नआएको जानकारी दिएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!