हेटौंडामा नयाँ प्लटिङ गर्न रोक, बृद्धाभत्ता बृद्धि हचुवाको राजनीति भन्दै आलोचना

Posted on: 01 Jun, 2017

जेठ १८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले नयाँ प्लटिङ गर्न रोक लगाउने र बृद्धाभत्ता बृद्धिगर्ने निर्णय गरेको छ । 

हिजो भएको बैठकले यस्तो निर्णय गरेको सुचना अधिकारी शंकर उपाध्यायले बताउनु भयो । उपाध्यायका अनुसार, नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको हो । उपमेयर मिना लामाको संयोजकत्वमा यसबारे विस्तृतमा अध्ययन गर्न समिति बनाइएको छ । समितिले अन्तिम प्रतिवेदन नदिएसम्म नयाँ प्लटिङ गर्न नपाइने गरी रोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी बैठकले वृद्ध भत्ता घरघरमै पुर्याउन आवश्यक व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । र, वृद्ध भक्तामा १ सय रुपैया बढाउने निर्णय समेत बैठकले गरेको छ । कसरी घरघरसम्म पुर्याउने भन्ने बारे कुनै निर्णय नगरिएपनि घरघरमै वृद्ध भक्ता पुर्याउनेसम्बन्धी निर्णय भने गरिएको छ । 

यसैविच हेटौडा उपमहानगपलिकाले आवश्यक स्रोत र जनशक्ति र  पूर्वाधार बिनाको बृद्ध भत्ता बृद्धिको निर्णयगर्दै  हचुवाको राजनीति भएको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!