राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन

Posted on: 11 Jun, 2017

जेठ २८, मकवानपुर | राप्रपा मकवानपुरको अध्यक्षमा गणेश थापा चयन हुनुभएको छ। घरायसी काम र स्वास्थ्य समस्याका कारण देखाउदै अध्यक्ष रामहरी न्यौपानेले हिजो राजिनामा दिएपछि आज भएको जिल्ला समितिको बैठकले थापालाई नयाँ अध्यक्षमा चयन गरेको हो । 

मकवानपुरको राजनीतिमा क्रियाशिल रहेका थापा सांसद पनि हुनुहुन्छ। थापा लाई यस अघि भएको जिल्ला अधिवेशनमानै राप्रपाको अध्यक्ष बनाउनुपर्ने माग उठेको थियो । तर राप्रपाले एकता अधिवेशनलाई असर पर्ने भन्दै उहाँलाई अध्यक्ष बनाएको थिएन् । मकवानपुरको विकासमा योगदान दिदै आएका थापा अध्यक्ष बने सगै जिल्लामा राप्रापाको पकड अझ बलियो हुने विस्वास लिइएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!