मकवानपुरमा सोमबार सवै केन्द्रमा कर्मचारी जाँदै

Posted on: 04 Dec, 2017

मङ्सिर १८, म्कवानपुर । मङ्सिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनका लागि मकवानपुरका धेरैजसो मतदान अधिकृतहरुले निर्बाचनका दिन चाहिने सामाग्री बुझेका छन् । 

निर्बाचनमा जिल्लाको गाउँगाउँमा खटिएका २ सय २५ जना मतदान अधिकृत र सहायक अधिकृतले आफ्ना मतदानका दिन चाहिने सामाग्री बुझेका हुन् । अब ९९ वटा मतदान केन्द्रका मतदान अधिकृतले मात्र मतदानका दिन चाहिने सामाग्रीहरु बुझ्न बाँकी रहेको जिल्ला निर्बाचन कार्यालय मकवानपुरका प्रमुख गोबिन्द पौडेलले बताउनुभयो । 

मतपेटीका, मसी, सियो, धागो लगायतका पाँच दर्जन मतदानका सामाग्री बुझेका मतदान अधिकृतहरुले मत पत्र भने आज मात्र बुझ्ने तयारी गरेका छन् । आज मतपत्र बुझेसगै निर्बाचनमा टाढा टाढा खटिएका कर्मचारीहरु गाउँ जाने तयारी भएको पौडेलले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!