मकवानपुर १ मा कमल थापालाई पछी पार्दै बाम गठबन्धनको अग्रता

Posted on: 08 Dec, 2017

मंसिर २२, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् ।

यहाँको ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३२२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा अध्यक्ष थापाले ३ हजार २६७ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील साझा पार्टीका सरोज कोइराला छन् । उनले १९० मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!