हेटौडा उप-महानगरले प्रदेश-३ का सांसदहरुलाई सरकारी क्वाटर मिलाईदिने

Posted on: 06 Feb, 2018

माघ २३, हेटौडा । तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा भएसंगै सांसदहरुलाई पनि भाडाको घरमा बस्नु नपर्नेगरी हेटौडा उपमहानगरपाकिलाले ब्याब्स्था मिलाउँदै छ । 

हेटौडामा प्रदेशका सबै सांसदहरुलाई भाडाको घरमा बस्नु नपर्ने गरी सरकारी क्वाटरको ब्याबस्था मिलाउन थालीएको हो । हेटौडामा रहेका एक दर्जन भन्दा बढी सरकारी संरचनामा प्रदेशका सांसदहरुलाई पनि बस्नेगरी ब्याबस्था गर्न लागिएको हेटौडा उपमहानगरपाकिलाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

तीन नंम्बर प्रदेशका मन्त्री, सचिबहरुलाई राख्नका लागि बिभीन्न सरकारी संरचनामा क्वाटर तयार भईसकेका छन् । अझैपनि बाँकी रहेका सरकारी संरचनामा प्रदेशका सांसदहरुलाई भाडाको घरमा बस्नुनपर्नेगरी सरकारी घरकै ब्याबस्था गर्ने तयारी थालिएको मेयर महतले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!