नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको छैटौँ इकाई अधिवेसन सम्पन्न

Posted on: 17 Feb, 2018

माघ ५, मकवापनुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सोल ट्याकर इकाइको छैटौँ इकाई अधिवेसन हेटौँडा सम्पन्न भएको छ । 


इकाइ अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको अधिवेसनले पशुपती पाठकको अध्यक्षतामा ९ सदस्या नयाँ कार्यसमिती चयन गरेको । 

समितीको उपाध्यक्षमा गणेश बर्ताैला ,सचिवमा बद्री प्रसाद उप्रेती तथा सहसचिव यादव राज विष्ट चयन हुनुभएको छ। त्यस्तै भेलाबाट कोषध्यक्षमा दिपक बर्ताैला चयन हुनुभएको छ । 

कमिटीको सदस्यहरुमा  हिमाल बर्ताैला, राजकुमार घिमिरे, वार सलिम मिया र टेकराज बोहोरा चयन हुनुभएको छ । यस्तै आजको अधिवेसनले डम्वर बहादृर लामालाई जिफन्ट प्रतिनिधी चयन गरेको कार्यालय प्रमुख सुसान्त गज्मेरले जानकारी दिनुभएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!