आगामी निर्वाचनपछि नेकपा एमाले खोज्न टर्च बाल्नुपर्छ : नेपाल

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका छन्। शनिबार मकवानपुरको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले ओलीजस्तो फटाहा, गफाडी र व्यक्तिवादीले नेतृत्व गरेको नेकपा एमाले अबको चुनावपछि कता छ? भनेर टर्च बालेर खोज्नुपर्ने बताए। उनले नेकपा एकीकृत समाजवादी गठन भएको एक महिनामै केपी ओलीलाई धुलो चटाएको दाबी  गरे।ओली व्यक्तिवाद र गुटवादमा रमाएको भन्दै दक्षिणपन्थी दिशामा लागेर विदेशीको अगाडि लम्पसार परेको उनले आरोप लगाए।  

‘ओलीको पार्टीलाई हाम्रो समाजवादीसँग दाँज्नै मिल्दैन। हाम्रो पार्टी नेपाली जनताको लागि बनेको हो। अध्यक्ष नेपालले भने, ‘हामी आफ्नो कमजोरी मान्न सक्छौँ। तर, ओली आफूविरुद्ध केही सुन्न सक्दैनन्। उनी आफ्नो हुकुम चलाएर दलाल पुँजीवादसँग साँठगाँठ गर्छन्।’ ओलीले आफ्नो पद जोगाउन पटक-पटक प्रतिनिधिसभा भंग गरेको उनले आरोप लगाए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!