महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on: 03 Oct, 2021

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । क्रान्तिकारी एक नेताले बताए  ।

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!