मतदान गर्न गएका युवकको मृत्यु

Posted on: 14 May, 2017

बैशाख ३१, मकवानपुर । मकवानपुरमा मतदान गर्न गएका एक युवकको मृत्यु भएको छ ।

उत्तरी ईन्द्रसरोवर गाउँपालिकामा–३ टेकरस्थित वत्सलादेवी माविमा मतदान गर्न आएका सोही ठाउँका २२ वर्षीय विरमान पाख्रिनको मृत्यु भएको हो ।

आइतबार दिउँसो मत हाल्न जाने क्रममा मतदान स्थल नजिकै बेहोश भएका पाख्रिनको मृत्यु भएको मतदान अधिकृत विष्णुबहादुर सिलवालले जानकारी दिए ।

पाख्रिन मुटु रोगी भएको र मतदानका लागि लाइन बसेका बेला बेहोश भएपछि उपचारका लागि सिस्नेरी स्वास्थ्य चौकी लगिएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!