मकवानपुरमा पनि स्क्रब टाइफसका बिरामी फेला

Posted on: 01 Aug, 2017

साउन १७, मकवानपुर | छिमेकी जिल्ला चितवनमा देखिएको स्क्रब टाइफसका बिरामी मकवानपुरमा पनि देखिएको छ । जिल्ला जनस्वस्थय कार्यालय मकवापुरका अनुसार मकवानपुरमा ४४ जना स्क्रब टाइफसका विरामी फेला परेका छन् । 

हेटौडाको विभिन्न अस्पतालमा उपचारका लागि आएका विरामी मध्य ४५ जनामा स्कब टाइफस्को संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठकले जानकारी दिनुभएको छ । उहाँका अनुसार हेटौडा अस्पतालमा ३ जना, हेटौडा सिटि हस्पतालमा १ र हेटौडा सामुदाईक अस्पतालमा ४० जना स्क्रब टाईफसका विरामी उपचारका लागि आएको उहाँले बताउनुभयो । स्क्रव टाइफसका विरामीमा ज्वरो आउने, शारीरका जोर्नीहरु दुख्ने, कमजोर महसुस हुने, खटिरा आउने जस्ता लक्षण देखिने पाठकले बताउनु भएको छ । 

स्क्रव टाइफसको संक्रमणपछि विरामीको शारीरिक अवस्था र प्रतिरक्षा अवस्था कमजोर हुने भएकोले अन्य रोगको संक्रमण देखिने पनि उहाँले जानकारी दिनुभयो । संक्रमित विरामीलाई आराम गर्ने, शरीरमा देखिने कमजोरी अनुसारको औषधी सेवन गर्न ,पोषिलो खानेकुरा खाएर चिकित्सकको निगरानीमा रहँन उहाँको सुझाव छ । स्क्रव टाइफसको लक्षणअनुसार तत्काल उपचार गरी आराम नगरे जोखिम हुन सक्ने पनि उहाँको भनाइ छ । हालसम्म सबै विरामीको उपचार सफल भएको र सामान्य अवस्थामा घर फर्किएको पाठकले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!