ट्याङ्करको ठक्करबाट पैदल यात्रुको मृत्यु

Posted on: 16 Aug, 2017

साउन ३२, हेटौँडा । चितवनको भरतपुरतर्फ जाँदै गरेको ना४ख ४६०७ नंको ट्याङ्करले हेटौँडा–नारायणघाट सडकखण्डको स्थानीय नवलपुरमा महिला पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४६ वर्षीया जानुकादेवी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठक्कर दिने ट्याङ्कर र त्यसका चालक हेटौँडा उपमहानगरपालका–११ बस्ने हिमाल बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!