मकवानपुरमा सुतली बम विस्फोट

Posted on: 25 Nov, 2017

मङ्सिर ९, हेटौंडा । मकवानपुरको मनहरि गाँउपालिकाको मनहरिबजारको मुख्य चोकमै रहेको प्रतीक्षालयमा आज साँझ सुतली बम विस्फोट छ । 

प्रहरीका अनुसार आजसुतरी बम किस्फोट भएको हो । साँझ ५ बजेतिर भएको विस्फोटबाट प्रतीक्षालयको टिनको छानामा केही प्वाल परेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरि र सशस्त्र प्रहरी बेस क्याम्प लच्काका प्रहरी घटनास्थल पुगेका थिए । समय मिलाई सानो आकारको सुतली बम बनाएर प्रतिक्षालयमा राखिएको पाइएको इलाका प्रहरी कार्यालय प्रहरी मनहरिका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताउनुभयो । 

आज अपराह्न वामगठबन्धनको कार्यक्रम मनहरिमा थियो भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि त्यहीँ केन्द्रित भई कार्यक्रम गरिरहेका थिए । निर्वाचन बहिष्कार गर्दै आइरहेको नेकपाले उम्मेदवारलाई लक्ष्य गरी विस्फोट गराएको आशंका गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!