हेटौडा बजार विचको सडक १६/१६ मिटर विस्तार गर्ने मन्त्रीपरिषद्को निर्णय

Posted on: 30 Nov, 2017

मङ्सिर १४, मकवानपुर | हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको  छ। 

आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा निर्माणगर्ने निर्णय गरेको उपप्रधान मन्त्री कमल थापाले जानकारी दिनुभयो । 

हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६/१६ मिटरको  बाटो बिस्तार गरेर राजमार्गलाई बाईपास मार्गबाट लगिने भएको हो । 

हेटौडामा राजनितीक दलले २५ मिटर लाई चुनावी एजेण्डा बनाइरहेका बेला चुनाव अघिनै समस्याका समाधान निस्किएपछी पिडितलाई राहत मिलेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!