मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला

Posted on: 29 Jan, 2018

माघ १५, मकवापनुर | मध्यमाञ्चलका १९ जिल्लामा एक हजार १ सय ८४ जना कुष्टरोगिका बिरामीहरु फेला परेका छन् । मध्यमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडा, जिल्ला जनस्वास्थ्य कार्यालय मकवामनपुरको आयोजनामा ६५ औ बिस्व कुष्टरोग दिबका अबसरमा संचारकर्मी र सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । 

कुष्टरोग मुक्त समाजको निर्माण बालबालिकाहरुमा शुन्य अपाङगता हाम्रो अभियान भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । ११ सय ८४ जना कुष्टरोगि मध्यमा ४ सय २८ जना महिला रहेको क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाका कुष्टरोगका फोकल पर्षन उत्तम खनालले बताउनुभयो । 

यसैगरी मकवानपुर जिल्लामा भने ३५ जना मात्र कुष्टरोगका बिरामीहरु रहेका छन् । ती मध्यमा १४ जना महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवापुरका भुपनारायण यादबले बताउनुभयो । यस जिल्लाको मकवानपुर गढी, भिमफेदी, हेटौडा उपमहानगरपालिकामा बढी कुष्टरोगका बिरामीहरु रहेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा अस्पतालका प्रमुख डाक्टर कमल दवाडी, क्षेत्रिय स्वास्थ्य निर्देशनालय हेटौडाका अधिकृत बिभुकुमार झा, हेटौडा उपमहानगरपाकिलाका प्रबन्धक भिम तिमल्सीना लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!