३३ किलो सुन काण्ड: ३ को हत्या, पूर्व डीआइजी सहित चार प्रहरी अधिकारीहरु अनुसन्धानमा तानिए

Posted on: 21 Apr, 2018

वैशाख ८, मकवानपुर | साढे ३३ किलो सुन तस्करी काण्डमा मुछिएका मकवानपुर प्रहरी प्रमुख एसपी विकाकस राज खनाललाई अनुसन्धान समितीले बोलाएकोा छ । 

खनालसँगै पूर्व डीआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित हुन अनुसन्धान समितिले पत्र काटेको छ । सो काण्डको विस्तृत अनुसन्धानका लागि सरकारद्वा गठित अनुसन्धान समितिले पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतलगायतलाई समितिसमक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै २०७३ पुषमा भित्रिएको साढे ३३ किलो सुन तस्करीको घटनामा जोडिएका ३ जनाको हत्या भइसकेको छ । सोही मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारीहरु पनि मुछिएको भन्दै समितिले पत्र काटेको हो । सो काण्डमा मुछिएका डिआइजी निरौलाले भने गत २९ चैत्रमा अवकाश पाइसकेका छन, एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा र खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

(माथिको तश्विरमा क्रमश: पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतल)

डिआईजी निरौला २०७२ देखि २०७३ सम्म विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । उनी निरन्तर सुन तस्करको गिरोहसँग सम्पर्कमा रहेको स्रोतले जनाएको छ । उनकै कार्यकालमा २०७३ पुष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो । यस अवधिसम्म थुप्रै व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको तर यो रहस्य हालसम्म सुल्झन सकेको छैन । बरामद गरिएको भनिएको सुन समेत गायब भएको भने केही व्यक्तिको हत्यासमेत भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!