मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढाको सरुवा

Posted on: 25 Jul, 2018

साउन ९, मकवानपुर | मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको सरुवा भएको छ । 

गृह मन्त्रालयले आज गरेको सरुवामा बुढालाई कास्की पठाइएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी  अस्मान तमाङलार्ई मकवानपुर ल्याइएको छ ।  त्यस्तै काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य र ललितपुरमा प्रेमराज जोशी आउनु भएको छ ।

त्यस्तै, चर्चित साढे ३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धानको नेतृत्व गरेका गृह मन्त्रालयका सह-सचिव ईश्वर पौडेलको अध्यागमन विभागमा सरूवा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!