आय आर्जनमा लाग्न आवश्यक: ढुंगेल

Posted on: 01 Sep, 2018

भाद्र १६, मकवानपुर | प्रदेश नंम्वर ३ का अर्थमन्त्री कैलास ढुंगेलले आय आर्जनमा लाग्न आवस्यक रहेकोमा जोड दिनुभएको छ ।  रामेछाप काभ्रे मैत्री समाज मकवानपुरले आज हेटौडामा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुंगेलले रोजगारी प्रबद्धन गर्नको लागि प्रदेश सरकारसँग पर्याप्त रकम रहेको र त्यसको सदुपयोगका लागि युवाहरुले रोजगारीतर्फ आकर्षित हुनुपर्ने बताउनुभयो । युवाहरुले सिप सिक्न र आय आर्जनको लागि मात्रै रकम माग्नु पर्ने र विलासी आवस्यकताका लागि रकम नमाग्न आग्रह गर्नुभएको छ।  रोजगारी सृजना गर्नेखालका तालिम प्रदान गर्न र स्वरोजगार बन्न चाहनेहरुको लागी आवस्यक सम्पुर्ण सहयोग प्रदेश सरकारले गर्ने पनि उहाँले बताउनुभयो । मकवानपुरको फलफुल, जडिवुटी, मेसिनरी, सैलुङ जस्ता थोरै लगानिमा आम्दानी गर्न सकिने पेशा नेपालीहरुले कमै गर्ने गरेको र सहज ब्यवसायमा विदेशीहरुको प्रभुत्व रहेको भन्दै यहिँका युवाले यस्ता पेशा ब्यवसाय गरे आफुले लगानीको ५० प्रतिशत बरावर सहयोग गर्नेपनि अस्वासन दिनुभयो ।

कार्यक्रममा बोल्दै योजना अयोगमा सदस्य स्याम बस्नेतले ३ नंम्वर प्रदेशले ५ बर्षमा नेपाललाई एसियाको राम्रो राष्ट् बनाउन महत्व पुर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । त्यस्तै  एसियाली राष्टको दाजेमा १० बर्षमा नेपाललाई पुर्याउने गरि प्रदेश सरकारले पहल कदमी गर्नको लागि परेको बताउनुभयो । प्रदेशकै सन्दर्भमा पनि समुन्नत प्रदेश बनाउनको लागि र दिनरात प्रदेश सरकार खटिरहेको बताउनुभयो ।  दिर्घकालिन योजनाका साथ सरकार लागेको र ५ बर्षमा नतिजा देखिनेगरि काम भइरहेको बताउनुभयो । 

 यसै विच रामेछाप काभ्रे मैत्री समाजको आज भएको भेलाले रमेश पौडेलको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ। समितीको उपाध्यक्षमा मान वहादुर लामा,सचिवमा सुकदेब काफ्ले र सचिवमा लक्ष्मि गौतम चयन हुनुभएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!