महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि

Posted on: 16 Feb, 2019

फागुन ४, मकवानपुर | राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि चयन हुनुभएको छ । संगठनको आज भएको भेलाले डल्लाकोटिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती सर्बसम्मतिले निर्बाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा लक्ष्मि जिम्बा र माया न्यौपाने सचिवमा भवानी चौलागाई र  कोषाध्यक्षमा इन्दिरा बानिया चयन हुनुभएको छ। यसै गरि कमिटिको सहसचिबमा रजनी श्रीवास्तव सदस्यहरुमा चन्द्रमती परियार,राधिका श्रेष्ठ,यसोदा वाग्ले लागाएत चयन हुनुभएको छ।   राप्रपाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष  मधु अधिकारी प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष गुरु सापकोटा , सिताराम बर्तौला इन्दिरा न्यौपाने लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । निबर्तमान अध्यक्ष अम्बिका खतिवडाका अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!