मकवानपुरबाट १०३ किलो गाँजासहित बोलेरो चालक पक्राउ

Posted on: 19 Mar, 2019

चैत्र ५, मकवानपुर | जिल्ला प्रहरी कार्यालय मकवानपुरले १०३ किलो लागू औषध गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ । 

मकवानपुरको राक्सिराङ गाउपालिका ९ का २४ वर्षिय पुर्ण बहादुर थिङलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रदेश तीनको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरिक्षक पवन कुमार झाको कमान्डमा खटिएको टोलिले राक्सिराङ ५ स्थित बिर्खे खोलामा मनहरी आउदै गरेको ग १ ज ७२१९ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा १०३ किलो लागु औषध गाँजा फेला पारेको हो । 

बिशेष सुचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा, बोलेरो र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका थिङलाई आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको र उनलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!