मकवानपुर गोल्डकप: आज हिमालयन शेर्पा र एपिएफ भिड्ने

Posted on: 22 Mar, 2019

चैत ८, मकवानपुर | हिजो बाट हेटौंडाको वनविज्ञान खेल मैदानमा सुरु भएको दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगितामा आज  हिमालयन शेर्पा ८ र सशस्त्र प्रहरीको एपिएफ ९ क्लब भिड्ने भएका छन् ।

मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा भयको फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११,विदेशी क्लब दाफिन्स,थ्रीस्टार,आर्मी,प्रहरी,सशस्त्र,हिमालयन शेर्पा,च्यासल,सरस्वती र मच्छिन्द्र क्लब रहेको छ।प्रतियोगितामा करिब ८५ लाख रुपयाँ खर्च हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०÷२० हजार रुपयाँ रहेको बताईएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ भने संरक्षकत्वमा हेटौंडा उपमहानरपालिका रहेको छ ।हिजो उद्घाटन खेलमा मछिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ विजयी सुरुवात गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!