दुर्घटनामा एकको मृत्यु

Posted on: 24 May, 2019

जेठ १०, मकवानपुर (रासस) | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुुनेमा भारतको मोतीहारी जिल्ला बस्ने वर्ष ४५ का कनैया साह रहेका छन् । 

बिहान ३:३० बजे भएको सो दुर्घटनामा परी भीमफेदी गाउँपालिका–५ बस्ने वर्ष २० का महेश भुलन (चालक) र भारतको बेतीया बस्ने वर्ष २२ का कनैयाकुमार साह घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि बल्खु काठमाडौँस्थित वयोधा अस्पतालमा पठाइएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो सडकबाट करीब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!