जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Posted on: 27 Aug, 2019

भदौ १, मकवानपुर | मकवानपुरकी एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्  | पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोन रहेको प्रहरीले जनाएको छ | 

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!