चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

Posted on: 25 Jun, 2020

असार ११, हेटौँडा। अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ । 

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का  बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ  । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो  छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!