सहयोगी मन नेपालका अध्यक्ष चौँलागाई सम्मानित

Posted on: 11 Oct, 2020

असोज२४, मकवानपुर 

सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाई सम्मानित हुनुभएको छ । चौलागाईलाई जिल्लामा कोरोना न्युनिकरण र व्यवस्थापनमा उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै आज हेटौंडामा सम्मान गरिएको हो।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा बैठकमा आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कदरपत्र सहित सम्मान गर्नुभएको हो । 

सहयोगी मन नेपालले सरकारले कोरोना संक्रमण बढ्न नदिन गरेको लकडाउन देखिनै कोरोना संक्रमण बढ्न नदिन स्वास्थ्य सचेतना,माक्स तथा सेनिटाइजर वितरण कार्यक्रमहरु गरेको थियो । यसैगरी संस्थाले लकडाउनको कारण परिवार चलाउन समस्यामा परेका श्रमजीवि परिवारहरु छनोट गरी घरमै राहत वितरण गर्न जिल्लाको विभिन्न स्थान पुगेको थियो । संस्थाले लकडाउनको कारण घर जान हिडेकाहरुलाई खाजापानी समेत खुवाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!