सिआन पुनस्थापना केन्द्रलाई व्हीलचेयर सहयोग

Posted on: 08 Jan, 2021

पौष २४,मकवानपुर ।लागुऔषध दुब्र्यसनीहरुको सफल उपचार र पुनस्थापनामा सकृय संस्था सिआन पुनस्थापना केन्द्रलाई व्हीलचेयर सहयोग भएको छ। जिल्ला युवा समिति,मकवानपुरका अध्यक्ष सन्तोष चौंलागाईले केन्द्रलाई १ थान व्हीलचेयर प्रदान गर्नुभएको हो । केन्द्रमा रहेका आश्रित हरुको स्वास्थ्य सहजताको निम्ति सहयोग गर्नपाउदा गौरव महसुस भएको चौलागाईले बताउनुभयो ।

विभिन्न खालका सहयोग संस्थालाई सुरुवात देखी गर्दै आएको र आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग रहने उहाँले बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख सौजन डिसिले प्राप्त सहयोग र माया केन्द्रको निम्ति निकै महत्वपुणर् रहेको र थप सेवामा लाग्न हौसला मिलेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समती मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । खुलालले सिआन पुनस्थापनाले नतिजा देखीने गरी कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!