‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट

Posted on: 15 Nov, 2016
कात्तिक ३० –मकवानपुर,
राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको ‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट भएका छन् । ३० जनाबाट १५ जना छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा कुमार सिन्तान, सुरज भट्टराई, दिपेश श्रेष्ठ, अश्विनकुमार थिङ, असिम सुवेदी, मनमाया वाईबा, पद्मीडोल्मा थिङ, सुजल पौडेल, चन्द्रप्रकाश वाईबा, राजेश ढुङ्गाना, सुविन गोले तामाङ चयन भएका छन् । यस्तै आकाश लामा, राजकुमार विश्वकर्मा, सुसान्त शाह ठकुरी र स्वस्तिका ढकाल चयन भएको गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । गायिका सुनिता शर्मा लुईंटेल र संगीतकार ईश्वर खड्काले सहभागीको गायनको आधारमा १५ जना छनौट गरेका हुन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा प्रतिभा प्रष्फुटनको उद्देश्यका साथ ‘हेटौंडा गट ट्यालेण्ट’ हुँदैछ । २ गते १५ जनाबाट १० जनाको छनौट गरिने र उनीहरुलाई स्टेजमा उतारिने संयोजक घोषले बताए । १० जनाबाट निर्णायकको निर्णय, फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गर्दै जाने बताइएको छ । नृत्य विधा अन्तर्गतको छनौट भोली बुधबार हुनेछ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक÷एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधी दिइने घोषले जानकारी दिए । गट ट्यालेण्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!