मनाङमा एमालेले खाता खोलेको भन्ने सामाचार गलत ! मतगणना अझै जारी

Posted on: 07 Dec, 2017

मङ्सिर २१, काठमाडौँ | बिभिन्न अनलाइन मिडियामा मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ बिजयी भएको भन्ने समाचार गलत भएको जानकारी प्राप्त भएको छ । साथै मनाङमा अहिलेसम्म ४५ प्रतिशत मात्रै मत गणना भएको साझा सबाललाई खबर प्राप्त भएको छ ।

यस अघि यहाँ बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङबाट विजयीको खाता खोल्यो भन्दै समाचारहरु अपडेट गरिएका थिए । यस बिषयमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी भई नसकेको र मत गणना जारी रहेको बताइएको छ ।

पछिल्लो मत परिणाम अनुसार यहा एमालेका पोल्देनछोपाङ गुरुङले १३६९  मत पाएका छन् भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङले ९५८ मत पाएका छन् ।

मनाङ्गमा ४३८७ मत खसेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!