मनाङ: खोलाले बगाएको बालिका सकुशल उद्धार

Posted on: 17 Apr, 2018

वैशाख ४ मनाङ | मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको छ । 

खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका हुन् । उनलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल बेंसीशहरमा पठाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!