किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on: 29 Oct, 2016

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ । 

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

उहाँका अनुसार मुलुकलाई आत्मनिर्भर गराउनका लागि गरिबसँग सरकार र स्वरोजगारका कार्यक्रम तत्काल सबै जिल्लामा लागू गरिने छ । 

सो अवसरमा जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पर्वतमा चालु आवमा सञ्चालित कार्यक्रम र पर्वतमा कृषि क्षेत्रका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!