मनाङको अर्को गाउँपालिकामा पनि एमाले विजयी

Posted on: 15 May, 2017

जेठ १, मनाङ । मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ । 

निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ । 

यस्तै उपाध्यक्षमा एमालेकै मेङ्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ गुरुङले ५०५ मत प्राप्त गर्नुभएको छ । 

नौ वटा वडा भएको सो गाउँपालिकाको वडा नं १, २, ४, ८ मा वडाध्यक्षसहित सबैमा नेकपा एमाले, वडा नं ५ मा नेपाली काँग्रेस, वडा नं ६ को वडाध्यक्षमा राप्रपा र अरु सबै एमाले विजयी भएका छन् । वडा नं ९, ३ र ७ मा भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

कुल दुई हजार ८२५ मतदाता भएको नेस्र्याङ गाउँपालिकामा एक हजार १८४ मत खसेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!