मनाङमा भारी हिमपात, जनजीवन प्रभावित

Posted on: 10 Mar, 2017


फागुन २७, मनाङ । नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ । 

गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो । तर बिहीबारको हल्का वर्षासँगै भएको हिमपातले आज मनाङ जिल्ला पूरै प्रभावित भएको छ । 

हिमपातका कारण यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने मानिस घरभित्रै बस्न बाध्य भएका छन् । यसरी निरन्तर रुपले हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!