अब मनाङमा पनि एफएम रेडियो

Posted on: 25 Dec, 2016

पुस १०, मनाङ | हिमाली जिल्ला मनाङमा समेत एफएम रडियो स्थापना भएसँगै अब नेपालको ७५ जिल्ला भर रेडियो पुगेको छ ।

मनाङको सदरमुकाम चामेनजिकै पिसाङ ९ तलेखुमा १० वाट क्षेमताको रेडियो स्टेसन सुरु भएसँगै मनाङ पनि अब रेडियोको पहुँचमा पुगेको हो । रेडियो मनाङका नाममा खुलेको उक्त रेडियो अब मनाङमा १०६ दशमलव ९ मेगाहर्जमा प्रसारण भईरहेकोछ । 

उक्त रेडियो सञ्चालनका लागि पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङलाई रेडियोको अध्यक्ष बनाइएको छ । रेडियोमा स्थानीयको समेत प्रत्यक्ष संलग्नता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!